+
+
Shares

कालापानीबाट भारतीय सेना हटाइयोस् : मसाल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १७:४३

६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कलापानीलगायतका क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेको छ । सरकारले अतिक्रमणमा परेको लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरिएको हो ।

मसाल महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि साहसीक कदम उठाउनुपर्नेमा जोड दिन्छौं ।’

कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका मुद्दालाई आवश्यकता अनुसार अन्तराष्ट्रियकरण गर्नुपर्ने मसालको माग छ । नयाँ नक्साका लागि उसले सरकारलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी) समावेश गरिएकाले नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगरेको सिंहले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?