+
+
Shares

धनकुटामा ३ स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते २१:४९

६ जेठ, काठमाडौं । धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवारको सदस्य रहेका विपीका सहायक प्रवक्ता डा अशोक ऐरले बताए । सोमबार धनकुटा अस्पतालकी नर्समा संक्रमण देखिएपछि ८३ जनाको नमुना संकलन गरिएको थियो । तीमध्ये पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना भाइरस संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न ललितपुरका एक चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?