+
+
Shares

सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही प्रहरीले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसारण गरेको आरोपमा महेश पासवान र आलम बैठालाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसम्बन्धी घटनाबारे वास्तविकताभन्दा फरक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम फैलाएका थिए।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीले सूचना प्रकाशन वा प्रसारणअघि सत्यतथ्य पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

१ मंसिर, सर्लाही । सामाजिक सञ्जालमार्फत भ्रामक तथा श्रामक सूचना प्रकाशन तथा प्रसारण गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा मलंगवा नगरपालिका–४ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका–४, गडहिया टोलका ३२ वर्षीय आलम बैठा छन् ।

प्रहरीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक तथा भ्रामक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै प्रहरीको कामकारबाहीप्रति अनावश्यक भ्रम र अन्योल फैलाउने कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि सूचना प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्न र भ्रामक सामग्री सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?