Comments Add Comment

जनकपुरधाममा धर्मशालालाई बनाइयो क्वारेन्टाइन

७ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय गोपाल धर्मशालालाई क्वारेन्टाइन बनाएको छ । धर्मशालाभित्र ५० बेडको क्वारेन्टाइन बनाइएको हो ।

धर्मशाला तथा परिसरलाई सेनिटाइज गरी प्रत्येक कोठालाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार वेडको व्यवस्थापन गरिएको मेयर लालकिशोर साहले बताए ।

मेयर साहका अनुसारअनुसार प्रत्येक वेडमा तातो पानीका लागि हिटरसहितको जग, टुथपेस्ट, ब्रस, झुल, तन्ना, लामखुट्टे भगाउने धूप, खानाका लागि चाउचाउ, बिस्कुट, कपडा धुने तथा नुहाउने साबुनसहितका सामग्री राखिएको छ ।

क्वारेन्टाइनमा फ्री वाईफाईको व्यवस्था, टावेल, रहेक कोठा अगाडि डष्टविन, बस्नका लागि कुर्सी पनि व्यवस्था गरिएको उनले बताए ।

क्वारेन्टाइनमा बस्नेलाई विहान बेलुकाको खाना, खाजा तथा चियाको व्यवस्था गरिएको पनि गरिने मेयर साहले बताए ।

यो क्वारेन्टाइनमा योग अभ्यासको पनि व्यवस्था मिलाइने उनले बताए । ‘यसले कोरोना शंकास्पद व्यक्तिको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्नमा मद्दत पुर्‍याउँछ,’ उनले भने ।

भारतबाट अहिले नेपालीहरु आउने क्रम बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइन बनाएको छ ।

आवश्यक्ता परेको खण्डमा वसहीयास्थित ईन्जिनियरिङ कलेजको खाली भवनमा अर्काे क्वारेन्टाइन निर्माण गर्ने मेयर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment