+
+
Shares

मजदुरको कथा बोल्ने ‘क्रन्दन’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १२:१४

कोरोनाका कारण सिंगो नेपाल नै लकडाउनमा छ । यो समयमा घरमै बसेर विभिन्न खालका कामहरू भने कलाकर्मीले गरिरहेका छन् । लकडाउनमा रोगलेभन्दा पनि भोकले समस्यामा पर्ने मजदुरको संख्या दैनिक बढिरहेको छ ।

यही विषयलाई लिएर छोटो चलचित्र ‘क्रन्दन’ तयार पारिएको छ । यो छोटो चलचित्रलाई अर्जुन तिवारीले निर्देशन गरेका हुन् । यो चलचित्रको कथा, छायांकन तथा सम्पादन पनि अर्जुनले नै गरेका हुन् । अहिले मजदुरहरूले भोगिरहेको समस्यालाई आफूले छोटो चलचित्रमार्फत देखाएको निर्देशक तिवारीले बताए ।

यो चलचित्रमा राज न्यौपानेलाई फिचरिङ गरिएको छ। चलचित्रमा विजय बराल, सन्दीप क्षेत्री, प्रमिला खनाल, नरेन्द्र बराल, प्रान्स तिवारी, अभिनित चौलागाईंलगायतले आवाज दिएका छन् । नायक पल शाहलाई यसमा अतिथि भूमिकामा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?