Comments Add Comment

पर्सामा फेरि सुरु भयो स्वाब संकलन

७ जेठ, वीरगञ्ज । पर्सामा कोरोना परीक्षण गर्ने पीसीआर किट र भीटीएम (स्वाब राख्ने भाँडो) अभावका कारण दुई दिनदेखि रोकिएको स्वाब संकलन कार्य बुधबारदेखि सुरु भएको छ ।

छिपरमाई गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा र नारायणी अस्पतालमा स्वाब संकलन कार्य भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसियाले अनलाइनखबरलाई जानकारी दिए ।

कन्ट्याक ट्रेसिङ कार्यदलका संयोजकसमेत रहेका चौरसियाका अनुसार किट र भीटीएम नहुँदा कन्ट्याक ट्रेसिङ गरिएका २५० जनाको स्वाब संकलन हुन सकेको थिएन ।

कन्ट्याक ट्रेसिङ गरिएका मध्ये २३२ जनाको भने स्वाब संकल भइसकेको उनले बताए ।

चौरसियाका अनुसार वीरगञ्ज महानगरपालिका लगायत ग्रामीण भेग छिपहरमाई गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङको कार्य सम्पन्न भइसकेको छ ।

एक हजार थान किट उपलब्ध भएसँग चार टोलीले स्वाब संकलन कार्यलाई पुनः सुरु गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा ७१ जना र सिद्धार्थ माविको आइसोलेसनमा २५ जना गरी ९६ जना कोरोना संक्रमित पर्सामा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment