
७ जेठ, काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।
बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।
हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4