+
+
Shares

संक्रमितबारे अफवाह फैलाउने मन्त्री र मेयरले माफी माग : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १९:४३

७ जेठ, काठमाडौं । नेपाली कांग्रेस, रूपन्देहीले कोरोना संक्रमितबारे गलत सूचना प्रवाह गर्ने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तका मेयर वासुदेव घिमिरेलाई सार्वजनिक माफी माग्न सुझाव दिएको छ ।

रूपन्देहीको तिलोत्तमामा अवस्थित क्रिमसन अस्पतालको आईसीयूमा उपचाररत गुल्मी मदानेका संक्रमितबारे मंगलबार सञ्चारमाध्यमहरूमा गलत सूचना प्रवाह भएको थियो । जसमा प्रदेशका मन्त्री र नगरपालिकाका मेयरको भूमिका रहेको भन्दै कांग्रेसले संक्रमितको परिवारसमक्ष सार्वजनिक माफी माग्न सुझाव दिएको हो ।

‘सम्बन्धित निकायबाट बिरामीको मृत्यु भएको आधिकारिक पुष्टि नभएको अवस्थामा बिरामीलाई मृतक घोषणा गर्न हतार गर्ने मानवीय मूल्यहीन र संवेदनाहीन मन्त्री बराल र मेयर घिमिरेले बिरामीको परिवारसँग सार्वजनिक रूपमा माफी माग्न र आगामी दिनमा जवाफदेही बन्न सुझाव दिन चाहन्छौं,’ कांग्रेस रूपन्देहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले क्रिमसनमा उपचाररत बिरामीको सुरक्षित रूपमा उपचार हुने विश्वास परिवारमा दिलाउन मागसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?