+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रदेश २ का सय जना प्रहरीको पीसीआर रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते ११:४७

८ जेठ, जनकपुरधाम । प्रदेश २ मा  हालै कोरोना सं‌क्रमण परीक्षण गरेका एक सय जना प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ ।

अत्यधिक कोरोना संक्रमित देखिएको प्रदेश २ को पर्साका ६८ जना र बाराका ३२ जना प्रहरीको कोरोना परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

थुनुवाको समेत पीसीआर परीक्षण गराउने क्रममा पर्साका एक जना लागूऔषध मुद्दाका थुनुवा संक्रमित देखिएपछि पर्साका अधिकृतदेखि जवानसम्म ६८ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराइएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।

उनका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै, बारा जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत एक जना प्रहरी जवान संक्रमित देखिएपछि उनको सम्पर्कमा आएका ३२ जनाको परीक्षण गराइएको छ । उनीहरु पनि सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

‘संक्रमित जवानको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनको नजिक आउने ३२ जनाको परीक्षण गराउँदा सबैको नेगेटिभ आएको छ’ प्रहरी प्रमुख सिंहले भने ।

आवश्यकता अनुसार अन्य प्रहरीको पनि परीक्षण गरिने प्रदेश प्रहरी प्रमुख सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?