+

शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

२०८३ जेठ  ७ गते २०:१० २०८३ जेठ ७ गते २०:१०

२०७८ को माघमा भएको निर्वाचनमा शक्ति अध्यक्षमा पराजित भएका थिए । उनलाई २४ मतले पछि पार्दै हरिबहादुर थापा रुपन्देही क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।

शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

७ जेठ, काठमाडौं । पूर्वक्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दुई दशक खेलाडीको रूपमा नेपाललाई योगदान दिएका शक्तिले जेठ २५ गते हुने रुपन्देही क्रिकेट संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

ग्रासरुटबाटै क्रिकेटलाई अगाडि बढाउने लक्ष्यसहित संघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको शक्तिले बताए । ‘विशेषगरी विद्यालयस्तरका बालबालिका, युवा र महिला क्रिकेटलाई व्यवस्थित गर्न म संघमा आउन खोजेको हुँ,’ उनले भने ।

प्रतियोगिताभन्दा केही दिनको क्याम्प राख्ने र त्यसपछि खेलाडीलाई वास्ता नगर्ने प्रवृत्तिले क्रिकेटको विकास नहुने शक्तिको तर्क छ । सन्यासपछि आफूले आफ्नै व्यक्तिगत प्रयासमा ३०–४० वटा क्रिकेट प्रतियोगिताहरू आयोजना गर्न सफल भएको उनले बताए ।

आफू निर्वाचित भएमा आगामी ४ वर्षभित्र रुपन्देहीलाई क्रिकेटको हब बनाउने र क्यान तथा स्थानीय सरकारसँग समन्वय गरेर बजेट ल्याई पारदर्शिताका साथ काम गर्ने शक्तिको प्रतिबद्धता छ ।

सन् २००१ मा बंगलादेशमा भएको प्रतियोगितामा यू–१७ टोलीबाट क्रिकेट सुरु गरेका शक्तिले सन् २०१८ मा सन्यास लिएका थिए । नेपालले एकदिवसीय क्रिकेटमा पाइला टेकेकै दिन खेलाडीको रूपमा विश्राम लिएका उनी त्यसपछि पनि क्रिकेटमै सक्रिय छन् ।

सन्यासपछि शक्ति भैरहवामा आफ्नो स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणमा व्यस्त छन् । कुशल मल्ल र सन्तोष यादवसहितका खेलाडीहरू उनकै प्रशिक्षणबाट उदाएका हुन् ।

यू–१९ एसिया कपमा शक्तिले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । उनले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

२०७८ को माघमा भएको निर्वाचनमा शक्ति अध्यक्षमा पराजित भएका थिए । उनलाई २४ मतले पछि पार्दै हरिबहादुर थापा रुपन्देही क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए ।

नेपाली क्रिकेट रुपन्देही क्रिकेट संघ शक्ति गौचन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय