
९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका छन् । कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ९५ हजार नजिक पुगेसँगै ट्रम्पले यस्तो निर्णय गरेका हुन् ।
अमेरिकाको दुवै संसद् तथा अन्य नेताहरुले गरेको सिफारिसलाई बिहीबार ट्रम्पले स्वीकृति दिने निर्णय गरेका हुन् । सामाजिक सञ्जाल ट्विटमा ट्विट गर्दै तीन दिनको लागि राष्ट्रिय झण्डा आधा झुकाउन गइरहेको बताएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण ९४ हजार ७०२ जनाको मृत्यु भइसकेको छ भने १५ लाख ७७ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । अमेरिका संक्रमित संख्याको हिसाबमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो ।
स्रोत : अलजजीरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4