+
+

भारतमा नेपालीलाई भोकै मर्न बाध्य नपारियोस् : जनसम्पर्क समिति

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ९ गते १७:२२

९ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट भारतस्थित नेपाली जनसम्पर्क समितिले भारतमा रहेका नेपालीलाई सरकारले वास्ता नगरेको गुनासो गरेको छ ।

पटकपटक अनुरोध गर्दा पनि सरकारले वास्था नगरेको भन्दै जनसम्पर्क समितिले भारतीय भूमिमा भोकै मर्न बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सीमा क्षेत्रमा पुगेकाहरुको समेत परीक्षण नगरेरै प्रवेश गराइएको भन्दै समितिले निश्चित मापदण्ड पूरा गरी प्राथमिकताका आधारमा स्वदेश प्रवेश गराउने व्यवस्था मिलाउन माग गरेको छ ।

केही व्यक्तिहरुलाई दलालहरुले घर पठाइदिने भन्दै नाकामा लिएर अलपत्र पारेको विषयमा समेत जनसम्पर्क समितले सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिका अध्यक्ष बालकृष्ण पाण्डेले महामारी फैलिन नदिने गरी सुरक्षित रुपमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न माग गरेका हुन् ।

मजदुरीका लागि भारतमा रहेका सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ लगायतका नागरिकहरु हाल  स्वदेश फर्किरहेका छन् । कोहीअझै नाकामा अलपत्र परिरहेका छन् भने कोही भारतकै विभिन्न ठाउँमा अलपत्र परेको जनसम्पर्क समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?