+
+
Shares

बैतडीका थुनुवा युवकमा कोरोना संक्रमण, प्रहरी कार्यालय सिल

भारतबाट आएका उनी वैशाख १५ गते पक्राउ परेका थिए

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ जेठ ९ गते १७:१८

९ जेठ, कैलाली । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनले भने ‘हामी पनि असुरक्षित भयौं ।’

उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरिएको बताए । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

तीन दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडीमार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार  कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?