Comments Add Comment

धनकुटा अस्पताल आइतबारदेखि सञ्चालन हुने

९ जेठ, विराटनगर । कोरोना संक्रमित देखिएपछि सिल भएको धनकुटा अस्पताल आइतबारबाट खोलिने भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताका अनुसार ५ जेठबाट सिल भएको अस्पताल आइतबारबाट खोलिने भएको हो ।

४ जेठमा धनकुटा जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि ५ जेठबाट सिल गरिएको थियो ।

नर्समा संक्रमण देखिएपछि अस्पताल सिल गरेर ८३ जनाको नमुना संकलन गरिएको थियो । परीक्षण गर्दा अन्य पाँचजनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति सामाजिक विकास मन्त्रालयको संयोजनमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय तहले पठाउनेछन् ।

धनकुटामा हालसम्म १ सय ८० जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएकामध्ये ७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment