+
+
Shares

बेलायतमा जन्मेका नेपाली बालकले मोदीलाई लेखे चिठी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १० गते १०:११

बेलायत । नेपालको लिपुलेक भूभाग मिचेर भारतले बाटो बनेपछि अहिले नेपाल- भारत सम्बन्धमा एउटा तरंग आएको छ। संसारभर रहेका नेपालीहरुले यस बारेमा बिभिन्न प्रतिक्रिया जनाइरहेका छन् ।

यसैबीच बेलायतमा जन्मिएका नेपाली मुलका विद्यार्थीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो असन्तुष्टि लेखेर पठाएका छन्। प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै विद्यार्थी शुभाशीश श्रेष्ठले पत्र पठाएका हुन् ।

बेलायतमा आफ्ना धेरै भारतीय साथिहरू रहेको र बेलायतमा नेपाली र भारतीय समुदायको राम्रो सम्बन्ध भएको भन्दै उनले मोदीलाई प्रश्न सोधेका छन् – के नेपाल-भारत सम्बन्ध भारतीय मिडिया र कर्मचारीतन्त्रले निर्धारण गर्ने हो ? तपाईंका देशका स्वर्गीय राष्ट्रपति एपीजे अब्दुल कलामले बच्चाहरुको कुरा चाख लिएर सुन्ने गर्थे र उनीहरुको सुझाव मान्थे रे, त्यहि बाटोमा तपाईं पनि हुनुहुन्छ कि भनेर मैले अहिले यो पत्र लेख्दैछु ।’

ओखलढुंगा मुलथलो भइ हाल बेलायतस्थित अल्डवोर्थ स्कुलमा अध्ययनरत श्रेष्ठले भारतीय प्रधानमन्त्री कार्यालयको वेबसाइट मार्फत प्रधानमन्त्री मोदीलाई लेखेको पत्रको बारेमा भारतीय प्रधानमन्त्री कार्यालयबाट प्रथम प्रतिक्रिया पनि प्राप्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका उपसचिव अम्बुज शर्माको कार्यक्षेत्र तोकी इमेल प्राप्त गरेपछि १५ वर्षीय श्रेष्ठ भन्छन्, ‘भारतले जब नेपालको भूभाग समेत मिचेर सडक बनाएको समाचार आयो, मैले यसलाई फलो गरिरहेको थिएँ, झन् भारतीय मिडिया र सेनाका जर्नेलहरुको व्यवहार र अभिव्यक्ति सुनेपछि मन थाम्न नसकेर मैले भारतीय प्रधानमन्त्रीको वेबसाइट मा गएर ‘नेपालको सार्वभौमसत्ताको सम्मान गर्न’ भन्दै पत्राचार गरेको हुँ ।

उनी भन्छन्, ‘म नेपालमा नजन्मिए पनि म नेपाली हुँ, त्यसैले चुप बस्न मन लागेन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?