Comments Add Comment

फेरि क्रिकेट शुरु गर्न आईसीसीले ल्यायो गाइडलाइन्स

१० जेठ काठमाडौं । अहिले कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्व खेलकुद प्रभावित बनेको छ । यस्तो बेला अब कसरी खेलमा फर्किने भने छलफल पनि भइरहेको छ ।

जर्मनीमा बुण्डेसलिगा यही बेला फेरि शुरु भएको छ । क्रिकेट पनि अब विस्तारै क्लोज डोरमा शुरु गर्ने बारेमा छलफल चलिरहेको छ ।

यसैबीच विश्व क्रिकेट ठूलो निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेट खेल फेरि शुरु गर्ने बारेमा एउटा गाइडलाइन्स तयार पारेको छ । आईसीसीको मेडिकल एडभाइजरी कमिटीले आफ्नो सदस्य राष्ट्रको मेडिकल प्रतिनिधिसँग सल्लाह गरेर आईसीसी ब्याक टु क्रिकेट गाइडलाइन्स नामक डकुमेन्ट तयार पारेको हो ।

कोभिड १९ पछि विश्व क्रिकेट कसरी शुरु गर्ने भन्ने विषयलाई ध्यानमा राख्दै आईसीसीले शुक्रबार उक्त गाइडलाइन्स सार्वजनिक गरेको छ । यसले घरेलु व्यावसायिक क्रिकेट र अन्तर्राष्ट्रिय क्रिकेट फेरि सुरक्षित रुपमा शुरु गर्न सहयोग पुग्ने आईसीसीले जनाएको छ ।

आईसीसीले यो गाइडलाइन्सले क्रिकेट कहिले शुरु हुन्छ भन्ने जवाफ नदिएको र कोभिड १९ को संकटका बेला जोखिम कम गरेर कसरी क्रिकेट शुरु गर्न सकिन्छ भने सैद्धान्तिक सुझाव दिएको जनाएको छ ।

आईसीसीले आफ्ना सदस्य राष्ट्रलाई यस गाइडलाइन्स प्रयोग गर्ने क्रिकेट गतिविधि शुरु गर्नका लागि आफ्नै नीति बनाउन भनेको छ ।

कोभिड १९ का कारण आईसीसीले टेष्ट च्याम्पियनसिपका खेलहरुदेखि क्रिकेट वर्ल्डकप लिग २ का ट्राइ सिरिजहरु समेत स्थगित गरेको छ ।  

आईसीसीले सुरक्षा पहिलो प्राथमिकता रहेको र सबैले सरकारको निर्देशन पालना गर्नुपर्ने समेत जनाएको छ ।

आईसीसीले अब तालिममा फर्कनका लागि पनि गाइडलाइन्स बनाएको छ । जसमा व्यक्तिगत तालिमदेखि सानो समूह बनाएर तालिम गर्ने र १० जनासम्मको तालिम गर्न सकिने गरी विभिन्न चरण उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment