+
+
Shares

कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारलाई कोरोना संक्रमण

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ १० गते ११:२६

१० जेठ, बुटवल । कपिलवस्तुमा शनिबार थप भएका ८ जना कोरोना संक्रमित मध्ये एकजना जनप्रतिनिधि र एकजना पत्रकार रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ जना संक्रमितमध्ये कपिलवस्तुका ८ जना हुन् ।

‘आठजना संक्रमितमध्ये एकजना ४० वर्षका जनप्रतिनिधि र एकजना २७ वर्षका पत्रकार पनि हुनुहुन्छ’ कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले भने ।

यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. ३ का अन्य संक्रमितमा १९ वर्षका पुरुष, वडा नं. ८ का २५ बर्षका पुरुष, वडा नं. १० का ३५ वर्षका पुरुष, वडा नं. ११ का ४२ वर्षका पुरुष रहेका छन् ।

यस्तै बुद्धभुमि नगरपालिका वडा नं. ४ का १७ वर्षकी युवती र २२ वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुको स्वाब जेठ ४ र ५ गते वाणगङ्गा नगरपालिकाको सिद्धार्थ क्याम्पसबाट संकलन गरिएको थियो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना फोकल पर्सन थापाले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?