+
+
Shares

पोखरामा बाहिरबाट तरकारी र फलफूल ल्याउन रोक लगाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २०:१०
फाइल तस्वीर

११ जेठ, पोखरा । कोरोना संक्रमण रोक्न भन्दै पोखरा महानगरपालिकाले जिल्लाभन्दा बाहिरबाट ल्याउने तरकारी तथा फलफूलमा रोक लगाउने निर्णय गरेको छ ।

महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको शनिबार बसेको बैठकले बाहिरबाट ल्याइने तरकारी तथा फलफूल पोखरा भित्रिन नदिने निर्णय गरेको हो ।

समितिका सदस्य सचिव किरण कोइरालाले बाहिरबाट ल्याइने तरकारीबाट कोरोना संक्रमण फैलिने डर भएकाले महानगरले भित्रिन नदिने निर्णय गरेको सुनाए ।

‘भारतबाट तरकारी आइराख्या छ । यसबाट पोखरामा कोरोना फैलिने डर भयो,’ उनले भने, ‘पोखरा अहिले उच्च जोखिमको अवस्थामा छ । ग्रिन जोन नै कायम राख्न यो पहल अघि सारेका हौं ।’

बाहिरबाट कास्कीमा भित्रिने तरकारी केही दिन रोक्दामात्रै पनि कोरोना फैलनबाट बच्न सकिने दाबी कोइरालाको छ । उनले भने, ‘तरकारी र फलफुलबाट कोरोना फैलिने सम्भावना बढी देखियो । कम्तीमा केही दिन आयात पूर्ण रुपमा रोक लगाउन सकियो भने कोरोना संक्रमणबाट पोखरेलीलाई बचाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?