Comments Add Comment

होम एड्भान्टेजले काम गरेन बुन्डेसलिगामा, १८ मध्ये ३ खेलमा मात्र घरेलु टिम विजयी

१२ जेठ काठमाडौं । जर्मनीमा फुटबल रिस्टार्ट भएपछि बुन्डेसलिगामा केही अनौठो परिवर्तन आयो । जहाँ दर्शक दीर्धा खाली हुन्छ । स्टेडियम शान्त हुन्छ ।

कोभिड-१९ का कारण फ्यानलाई मैदान प्रवेश गर्ने अनुमति छैन । यसले गर्दा खेलको वातावरण अर्कै बनेको छ । यस्तै होम एड्भान्टेजको अर्थ पनि कम भएको छ ।

स्पानिस अनलाइन मार्काका अनुसार कोभिड-१९ ले फुटबल ब्रेक हुनुअघि २२४ खेल भएकोमा होम टिमले ४३.३ प्रतिशत खेल जितेको थियो । यस्तै अवे टिमले ३४.८ प्रतिशत खेल जितेका थिए ।

तर फुटबल रिस्टार्ट भएपछि यसमा ठूलो परिवर्तन देखिएको छ । अहिले होम टिमको जित प्रतिशत १६.६ मा झरेको छ । जबकि अवे टिमले ५५.५ प्रतिशत खेल जितेका छन् ।

जर्मन बुन्डेसलिगा गत शनिबार फर्किएपछि तीन होम टिमले मात्र जित हात पार्न सफल भएका छन् । शनिबार भएको पहिलो खेलमा बोरुसिया डर्टमण्डले साल्कालाई घरेलु मैदानमा ४-० ले हराएको थियो । यस्तै बायर्न म्युनिखले एनट्राट फ्राङ्कफुर्टलाई ५-२ र हेर्था बर्लिनले युनियन बर्लिनलाई घरेलु मैदानमा ४-० ले पराजित गरेको थियो ।

दुई चरणको १८ खेलमध्ये ३ खेल घरेलु टोलीले जित्दा १० खेल अवे टिमले जित्यो । बाँकी खेल भने बराबरीमा सकियो ।

मार्काले अब स्पेनको ला लिगा फेरि सुरु हुँदा के होला भनेर उत्तर खोज्ने प्रयास गरेको छ ।

ला लिगामा यस चरणको ११ चरणको खेल अझै बाँकी छ । ला लिगामा पनि होम एड्भान्टेजलाई असर गर्ने सम्भावना छ ।

सेन्टर अफ इन्भेस्टिगेसन्स हिस्ट्री एण्ड स्टास्टिक्स अफ स्पानिस फुटबल (सीआईएचयएफइ) का अनुसन्धाकर्ता जोस डेल ओल्मोले प्रतियोगिता मिलावत गरिएको भन्न नसकिने तर बदलिन सक्ने बताएका छन् ।

उनले विभिन्न पक्षले गर्दा होम टिमलाई एड्भान्टेज हुने तर अब त्यस्तो नहुन सक्ने बताए ।

ला लिगामा यस सिजन भएका २७० खेल मध्ये १२९ खेल अर्थात ४७.७ प्रतिशत घरेलु टिमले जितेको छ । यस्तै ६६ खेल अर्थात २४.४ प्रतिशत मात्र अवे टिमले जितेको छ ।

डेल ओल्मोले लामो यात्राको थकान, फरक बल र पिच परिवर्तनले गर्दा अबको ला लिगाको फुटबलमा फरक हुन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment