+
+

कोभिड पोजेटिभ युवकको पाटन अस्पतालमा शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते २०:०६

१२ जेठ, काठमाडौं । कोभिड १९ पोजेटिभ भएका एक युवकको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ ।

सप्तरीका ३२ वर्षीय ती युवकको खुट्टा भाँचिएकै कारण दुई दिनअघि उनलाई  काठमाडौंका कोभिड अस्पतालहरुले भर्ना लिएका थिएनन् । उनी  दिनभर पाटन अस्पतालको प्रांगणमा एम्बुलेन्समै राखिएका थिए ।

साँझ परेपछि पनि अस्पतालले भर्ना नलिएपछि स्वास्थ्य मन्त्रालयका कोभिड १९ इमर्जेन्सी रेस्पोन्सका प्रमुख डा. गुणराज लोहनीले काठमाडौं मेडिकल कलेज पठाएका थिए । त्यहाँ अपरेशन सम्भव नभएपछि फेरि पाटन ल्याइएको हो ।

‘खुट्टा भाँचिएको युवकको हड्डीको अपरेशन गरिएको हो’  अस्पतालको निर्देशक डा. विष्णु शर्माले भने, ‘उनको नेपालमा कोरोना पोजेटिभ बिरामीको सर्जरी भएको संभवत यो पहिलो घटना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?