+
+
Shares

भारतकै इतिहासमा पढ्न पाइन्छ – गोर्खा राज्य सिक्किमदेखि सतलजसम्म !

अंग्रेजले नेपाललाई छलकपट गरेर हराएको स्वीकारोक्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २०:४९

११ जेठ, काठमाडौं । भनिन्छ, इतिहासको सच्चाइलाई कसैले चाहेर पनि मेटाउन सक्दैन । अहिले नेपालको कालीनदीको मुहान रहेको लिम्पियाधुरालाई आफ्नो दाबी गरिरहेको भारतले आफ्नै इतिहासमा नेपालको सीमाना पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म फैलिएको र इष्ट इण्डिया कम्पनीले छलपूर्वक छिनेर लिएको उल्लेख गरेको छ ।

अधिकांश भारतीयले पढ्ने इतिहासको किताब हो- पंकज सरल अध्ययन माला । सो पुस्तकको आधुनिक भारत – १७०७-१८१८) पुस्तक मालामा एउटा अध्याय छ- गोर्खा युद्ध । यस अध्यायमा गोर्खा राज्यको सिमाना सिक्किमदेखि सतलजसम्म रहेको र युद्धमार्फत अंग्रेजहरुले त्यो भूभाग छिनेर लिएको उल्लेख गरिएको छ ।

‘नेपाल राज्यका निवासीलाई गोरखे भनिन्छ । पूर्वमा सिक्किमदेखि पश्चिममा सतलजसम्म यिनको राज्य फैलिएको थियो,’ किताबमा लेखिएको छ, ‘गोरखा जाति आफ्नो वीरताका लागि प्रशिद्ध थिए ।’

सो पुस्तकमा अंग्रेजले नेपाललाई बाध्य बनाएर सुगौली सन्धिमा हस्ताक्षर गर्न लगाएको स्वीकारोक्ति छ । पुस्तकमा भनिएको छ, ‘बलमार्फत जब विजय प्राप्त गर्न सम्भव भएन, तब अंग्रेजले छलपूर्वक गोर्खालाई मिलाउने प्रयास गर्‍यो । गोर्खाका सेनापतिलाई धेरै प्रयास गर्दा पनि अंग्रेसले आफ्नो मित्र बनाउन सफल भएन । छापामार रणपद्दतिद्वारा गोर्खाले अंग्रेजलाई धेरै स्थानमा पराजित गरे ।’

तर, अन्तिममा छलकपटद्वारा अंग्रेजले नेपाललाई हराएको पंकज सरल अध्ययनमालामा उल्लेख छ । पुस्तकमा अगाडि भनिएको छ, ‘परिणामस्वरुप १८१६ मा सुगौलीको सन्धी भयो, जसद्वारा कमाऊ र गढवालको समस्त प्रदेश अंग्रेजलाई प्राप्त भयो ।

नेपाली विश्लेषकहरुले पनि सुगौली सन्धिअघिसम्म नेपाल विशाल एवं सार्वभौम सत्तासम्पन्न मुलुक रहेको र सुगौली सन्धिपछि अर्धऔपनिवेशिक बन्न पुगेको बताउने गरेका छन् । नेपालमा विदेशी हस्तक्षेपको सुरुवात यही सुगौली सन्धीलाई मान्ने गरिएको छ ।

सुगौली सन्धीले नेपालको सीमालाई संकुचन त गरेको थियो नै, तर छिमेकी भारतले त्यसपछि पनि सुस्ता, कालापानी लगायतका विभिन्न ठाउँमा नेपाली सीमा अतिक्रमण गर्ने कार्य अहिलेसम्म जारी राखेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?