Comments Add Comment

तीन पटक ओलम्पिक स्वर्ण जितेका भारतीय हकी लेजेण्ड बलवीर सिंहको निधन

१२ जेठ काठमाडौ । भारतीय हकी लेजेण्ड खेलाडी बलवीर सिंह दोसाझको निधन भएको छ । ९५ वर्षीय सिंहको सोमबार बिहान मोहालीको फोर्टिस अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

निमोनिया भएका उनलाई मे ८ मा अस्पताल भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको थियो । सोमबार बिहान ६ः १७ मा निधन भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

बलसिंहले भारतका लागि हकीमा तीन पटक स्वर्ण पदक जितेका थिए । सन् १९४८ को लण्डन ओलम्पिक १९५२ हेलसिन्की ओलम्पिक र १९५६ को मेलवर्न ओलम्पिकमा उनले स्वर्ण जितेका थिए ।

ओलम्पिकको फाइनलमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि उनको नाममा रहेको छ । सन् १९५२ मा हेलसिन्की ओलम्पिकको फाइनलमा नेदरल्याण्ड्स विरुद्ध ६(१ ले जित हात पार्दा बलबिर एक्लैले ५ गोल गरेका थिए । यस बेला उनी टिमको उपकप्तान थिए । त्यो बेला भारतले गरेको १३ मध्ये ९ गोल बलबिरले नै गरेका थिए ।

१९५६ मा ओलम्पिकमा स्वर्ण जित्दा बलबिर कप्तान थिए ।

उनले सन् १९५८ को एसियन गेम्समा रजत पदक जितेका थिए ।

यस्तै सन् १९७१ र १९७५ को हकी विश्वकपमा बलबिरले भारतको प्रशिक्षण सम्हालेका थिए । १९७१ मा भारतले उनको प्रशिक्षणमा कास्य पकद जितेको थियो । १९७५ को विश्वकपमा भने बलबिर म्यानेजर र प्रमुख प्रशिक्षक रहँदा भारतले स्वर्ण पदक जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment