+
+
Shares

कास्कीका ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट दिल्ली ल्यायो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १०:५४

१२ जेठ, काठमाडौं । भारतले अष्ट्रेलियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा कास्की घर भएका तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको छ ।

कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो ।

उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो दान गर्नेछन् भने बुवा हेरचाहका लागि हुनेछन् ।

बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी भएकाले अष्ट्रेलियास्थित नेपाली दूतावासले गरेको अनुरोधमा उनीहरुलाई दिल्लीसम्म पुर्याइदिन भारतीय दूतावासले जनाएको छ । काठमाडौंस्थित दूतावासका अधिकारीहरुले पनि यो कुरा पुष्टि गरेका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार ती नेपालीहरुलाई दिल्लीस्थित बीएलके अस्पतालमा पुर्याइने छ । ‘तीनैजना नेपालीमा कोरोना संक्रमण नभएको र यात्रा गर्न सुरक्षित रहेको भनेर अष्ट्रेलियाको एक अस्पतालले कागज बनाइदिएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीले भने, ‘तर पनि उनीहरु निश्चित अवधिसम्म बीएलके अस्पतालको क्वारेन्टाइनमा रहनेछन् ।’

भारतले आफ्ना नागरिकहरुको उद्धार गर्ने क्रममा इन्डोनेसियामा अलपत्र चितवनकी एक नेपाली विद्यार्थीलाई पनि उद्धार गरेको छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?