 
																			१२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन् ।
नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड–१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् ।
तर यो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निमार्णको अवसर बन्नसक्ने भन्दै उनले सोमबार साँझ ट्वीटरमा भनेका छन्, यसका लागि दृढ संकल्पको खाँचो छ । सार्वजनिक खर्चमा कटौती, मितव्ययिता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धार र पूँजीगत खर्च कार्यान्वयन क्षमता बृछि जरुरी छ ।’
आफूले एक वर्षसम्म राष्टियसभा र समिति बैटक भत्ता नलिने घोषणा गर्दै नेता श्रेष्ठले यसबारे सोच्न संघ र प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन् । उनले कम्तिमा आगामी वर्षका लागि सांसद विकास कोष खारेज गरेर यो रकम रोजगारी केन्द्रित राष्टिय योजनामा लगाउन समेत माग गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4