Comments Add Comment

बाराका तीन संक्रमित भारतबाट आएका थिए

१३ जेठ, काठमाडौं । बारामा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमध्ये क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना नेपाली सेनामा कार्यरत व्यक्ति छन् । पाँच जना भने भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

वैशाख ३१ गते भारतको बेग्ला बेग्लै तीन सहरबाट आएका उनीहरू पचरौता नगरपालिका–१ स्थित पिपरपाती माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई नेपाल–भारत सीमा नाकाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको यादवले बताए ।

पचरौता नगरपालिकाका जनस्वास्थ्य प्रमुख नवलकिशोर यादवका अनुसार हरियाणा, पटना र दिल्लीबाट आएका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

यादवले भने, ‘पचरौता नगरपालिका–१ स्थित पिपरपाती माविको क्वारेन्टाइनमा भारतबाट मजदुरी गरी आएका १०३ जना बस्दै आएका छन् । क्वारेन्टाइनमा बस्ने मध्ये ४० जनासहित क्वारेन्टाइनको सुरक्षार्थ खटिएका सैनिक र स्वास्थ्यकर्मी गरी ५८ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।’

कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

क्वारेन्टाइनमा बस्ने ६३ जनाको स्वाब संकलन हुन बाँकी रहेको उनले बताए । नेगेटिभ देखिएका ३७ जना व्यक्तिहरु संक्रमण देखिएका व्यक्तिहरुसँगै क्वारेन्टाइनमा बसेका कारण उनीहरुको पनि पुनः परीक्षण गर्न आवश्यक रहेको उनले बताए ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment