+
+

स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १४:३२

१३ जेठ, पोखरा । स्याङ्जाका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। भारतबाट चार दिनअघि आएका उनीहरू वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए ।

दुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुव गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरूलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले पनि कोरोना संक्रमित भेटिएपछि स्याङ्जामा टिम पठाएको जानकारी दिएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या सात पुगेको छ । उनीहरूमध्ये २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?