+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम दुरुपयोग हुँदैन : मन्त्री पुन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम पारदर्शी रूपमा खर्च हुने र दुरुपयोग नहुने स्पष्ट पारेका छन् ।
  • नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
  • मन्त्री पुनले हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको क्षति भएको र पुनर्निर्माणका लागि कोषको रकम पर्याप्त नहुने बताए ।

३० कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् ।

सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् ।

बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्‍याउन कोषको रकम खर्च भइरहेको उनले बताए । मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उल्लेख गरे ।

भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको उनले बताए ।

नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैया हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?