+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अपेनले दियो ११ लाख

अपेनले संकलित रकम मंगलबार शिक्षामन्त्री सस्मित पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १८:५३

१३ असोज, काठमाडौं । एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (अपेन) ले नेपालभरिका विभिन्न पूर्वप्राथमिक विद्यालयबाट ११ लाख ११ हजार १ सय ११ रुपैैयाँ संकलन गरी १० भदौमा रसुवामा आएको बाढीपीडितको सहयोगका लागि योगदान गरेको छ ।

अपेनले संकलित रकम मंगलबार शिक्षामन्त्री सस्मित पोखरेललाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने छ ।

यस पहलले प्राकृतिक विपत्तिबाट प्रभावित समुदायप्रति अपेनको सामाजिक उत्तरदायित्व, मानवीय भावना तथा ऐक्यबद्धता प्रतिविम्बित गर्दछ ।

यस राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण पूर्वप्राथमिक विद्यालय, शिक्षक–शिक्षिका तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?