+
+
Shares

कांग्रेस देउवा समूहको मनाङ संयोजकमा दीपक मनाङे

नेपाली कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी राजीव गुरुङ (दीपक मनाङे)ले पाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १८:५४

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी राजीव गुरुङ (दीपक मनाङे)ले पाएका छन्।

मनाङेले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्। उनले आफूले संयोजकको जिम्मेवारीको पत्र डा शशांक कोइरालामार्फत प्राप्त गरेको पनि बताएका छन्।

‘नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, विचार र आदर्शलाई आत्मसात गर्दै मनाङ जिल्लाको संगठनलाई अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउन इमानदारी, निष्ठा र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ मनाङेले भनेका छन्।

उनले यस जिम्मेवारी आफ्ना लागि पद नभई पार्टी संगठन, कार्यकर्ता र आम नागरिकप्रतिको जिम्मेवारी तथा विश्वास भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?