Comments Add Comment

जटही नाकामा एक नेपालीको मृत्यु

नाकामा नेपालीको मृत्यु भइसकेपछि बस पठाउँदै प्रशासन

जटही नाकामा रोकिएका नेपाली ।

१४ जेठ, जनकपुरधाम । आफ्नो भूमिमा आउने प्रयास गरेका एक जना नेपालीको मृत्यु भएको छ । धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा मंगलबार बिहान मृत्यु भएको छ ।

उनीसहित झण्डै २ सय जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए । यही भिडमा अस्वस्थ भएपछि ३० वर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए । उनको फोन आएलगत्तै उनका भाइ धीरेन्द्रसहित परिवारका ४ जना राति नै जटही पुगेका थिए ।

‘राति दुई घण्टा लगाएर एम्बुलेन्स खोज्यौं र एम्बुलेन्स लिएर राति ११ बजे नै जटही पुग्यौं,’ मृतकका भाई धिरेन्द्रले भने, ‘तर रातभरि एम्बुलेन्सलाई दाजु भएतिर छिर्न दिइएन ।’

आफूहरु पैदलै भए पनि दाजुलाई लिन जाने बताए पनि जान नदिइएको उनले बताए । रातभरि सीमा पारी गएर ल्याउने प्रयास गरे पनि जान नदिँदा दाजुको मृत्यु भएको भाइ धिरेन्द्रको भनाइ छ ।

विरेन्द्र रोजगारी गर्न ४ महिनाअघि भारतको गुजरात गएका थिए । तर लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएपछि उनी आफ्नो घर आउन खोजेका थिए । परिवारका सदस्यहरुका अनुसार उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिँडेका थिए । बाटोमा उनले सुख्खा खानेकुरा मात्रै खाएको र कमजोरीले गर्दा बेहोस भएर ज्यान गएको परिवारजनको भनाइ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विरेन्द्रको मृत्यु भएको पुष्टि गरेका छन् । अब उनको शवलाई ल्याएर स्वाब संकलन गरिने र अन्य व्यवस्थापनको बिषयमा छलफल गर्ने उनले बताए ।

उनको मृत्यु भएपछि सीमामा भारततर्फ जम्मा भएकाहरु आक्रोसित हुँँदै नेपालतर्फ ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट ज.१ त १२१३ नम्बरको एम्बुलेन्समा समेत क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले सीमामा जम्मा भएकाहरुलाई ल्याउनका लागि गाडी पठाउने तयारी भइरहेको बताए ।
यो पनि पढ्नुहोस धनुषाको जटही नाकामा तनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment