Comments Add Comment

रोनाल्डो र मेसीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाउने खेलाडी

१६ जेठ काठमाडौं । स्वीस टेनिस स्टार रोजर फेडेरर विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन् । कोरोना भाइरस महामारीका कारण पुटबलरहरुको कमाइ घटिरहेका बेला फेडेररले फुटबलका क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीजस्ता खेलाडीलाई पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् ।

फोर्ब्सले सार्वजनिक गरेको सूचीमा फेडेरर १०६.३ मिलियन अमेरिकी डलर आम्दानी गर्दै शीर्ष स्थानमा छन् । उनको यो प्रि ट्याक्स कमाइ रहेको फोर्ब्सले जनाएको छ । फेडेररले इन्डोरसमेन्टबाट १०० मिलियन कमाउँदा पारिश्रमिक वापत ६.३ मिलियन कमाएका हुन् ।

फेडेररपछि दोस्रोदेखि चौथो स्थानसम्म फुटबल खेलाडी छन् । युभेन्ट्सबाट खेल्ने पोर्चुगिज स्टार रोनाल्डो १०५ मिलियन डलरसहित दोस्रो र बार्सिलोनाबाट खेल्ने अर्जेन्टाइन मेसी १०४ मिलियनसहित तेस्रो स्थानमा छन् ।

रोनाल्डोले इन्डोरसमेन्टबाट ४५ र पारिश्रमिकबाट ६० मिलियन कमाई गरेको फोर्ब्सले जनाएको छ । यस्तै मेसीले पारिश्रमिकबाट ७२ मिलियन कमाई गर्दा इन्डोरमेन्टमाबाट भने ३२ मिलियन कमाई गरेका छन् ।

यस्तै पिएसजीबाट खेल्ने ब्राजिलियन फुटबलर नेमार ९५.५ मिलियन डलर कमाई गर्दै चौथो स्थानमा छन् । नेमारले पनि पारिश्रमिकबाट ७०.५ मिलियन कमाई गरेका छन् ।

बास्केटबल स्टार लिब्रोन जेम्स पाँचौमा छन् । उनको कमाई ८८.२ मिलयन छ ।

यस्तै सर्वाधिक कमाई गर्नेमा बास्केटबलकै स्टेफन करी छैटौं र केभिन डुरान्ट सातौँ स्थानमा छन् । गल्फका टाइगर उड्स आठौं स्थानमा छन् । अमेरिकन फुटबलका किर्क कजिन्स र कार्सन वेन्ट्स क्रमश: नवौँ र दशौँ स्थानमा छन् ।

महिलातर्फ सर्वाधिक कमाई गर्ने टेनिसकै जापानी युवा खेलाडी नाओमी ओसाका २९ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment