+
+

खाद्यान्न बोक्ने गाडीबाट २२ लाखको गुट्खा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १३:४६

१८ जेठ, रौतहट । रौतहटको गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट  प्रहरीले दश हजार थान गुट्खा बरामद गरेको छ ।

कपिलवस्तुको चन्द्रौटाबाट आएको लु २ ख ३३४३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा प्रहरीले करिब २२ लाख मूल्य बराबरको गुट्खा बरामद गरेकाे हो ।

चामल र लुगा धुने सर्फसँगै लोडगरी ल्याएकाे अवस्थामा उक्त गुट्खा बरामद गरिएकाे रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए । बरामद गरिएकाे गुटखा गौर भन्सार पठाउने तयारी भइरहेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?