Comments Add Comment

कर्णालीका सांसदको चिन्ता : इटालीकै स्थिति हुने भयो

१८ जेठ, काठमाडौं । कर्णालीका प्रदेश सांसदहरुले प्रदेशमा इटालीको स्थिति आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले क्वारेन्टिनको कमजोर व्यवस्थापनले स्थिति भयाबह हुन सक्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको लापरबाहीले कर्णालीमा कोरोनाको संक्रमण भयाबह हुन सक्ने बताए ।

कोरोना प्रतिकार्यमा पर्याप्त समय हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगर्दा कर्णाली थप जोखिमतर्फ धकेलिएको उनको भनाइ छ ।

आवश्यक क्वारेन्टाइन र आइसोलेसन बनाउने, किट व्यवस्थापन गर्ने र परीक्षण गगर्नतिर लाग्नुपर्नेमा सरकार त्यसतर्फ गम्भीर नभएको उनको आरोप छ ।

नेकपा संसदीय दलको प्रमुख सचेतकसमेत रहेका सांसद गुलावजंग शाहले प्रदेश सरकारको फितलो व्यवस्थापनले इटालीको स्थिति निम्तिन सक्ने बताए ।

क्वारेन्टिनको व्यस्थापन गर्नुका साथै पीसीआर परीक्षणको दायर बढाउनु पर्न उनको भनाइ छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले दैलेखमा देखिएको भयाबह स्थिति नियान्त्रणका लागि २४ घण्टाभित्रै एकीकृत ठोस कार्ययोजना दिन प्रदेश सरकारसँग माग गरे ।

पछिल्लो समय भारतबाट आएकाहरुको संख्या बढेस‌ंगै कर्णालीमा कोरोना संक्रमितको संख्या छोटो समयमा उल्लेख्य रुपमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment