१८ जेठ काठमाडौं । स्पानिस शीर्ष डिभिजनको फुटबल ला लिगाका क्लबहरुले जुन १ पूर्ण रुपमा प्रशिक्षण गर्ने अनुमति पाएका छन् । ला लिगाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि पूर्ण रुपमा प्रशिक्षओ गर्न पाइने जनाएको हो ।
‘ला लिगा क्लबहरूले सोमबार, जुन १ बाट सामूहिक प्रशिक्षण सुरु गर्नेछन्,’ ला लिगाको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, ‘सोमबारदेखि चौथो चरणको सुरु हुनेछ जुन ट्रेनिङ प्रोटोकलको अन्तिम अवस्था हो र यसले जुन ११ देखि ला लिगा सुरु गर्न सहयोग गर्दछ ।’
मे को सुरुमा ला लिगा क्लबका खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गरेका थिए । त्यसपछि सामूहिक प्रशिक्षणमा १० जना सम्मले प्रशिक्षण गर्न पाएका थिए भने पछि बढाएर १४ पुर्याइएको थियो ।
स्पेनको स्वास्थ्य मन्त्रालयले पनि व्यावसायिक क्लबहरुले सोमबारदेखि पूर्ण प्रशिक्षण गर्न पाउने अनुमति दिएको छ ।
क्लबले पूर्ण प्रशिक्षण गर्दा खेलाडीहरुले क्लबको ड्रेसिङ रुम समेत प्रयोग गर्ने अनुमति पाउनेछन् । ला लिगा जुन ११ देखि फेरि सुरु हुँदैछ । जसमा सेभिया र रियल बेटिसीच पहिलो खेल हुनेछ ।
ला लिगा फेरि सुरु भएपछि हरेक दिन खेल खेलाउने अपेक्षा छ र जुलाईको १८-१९ सम्म सकाउने तयारी छ । ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले पनि अर्को सिजन सेप्टेम्बर १२ देखि सुरु गर्ने घोषणा गरिसकेका छन् ।
यस सिजन लाल गामा रियल मड्रिडलाई २ अकले पछि पार्दे बार्सिलोना शीर्ष स्थानमा छ । फेरि लिग सुरु हुँदा उपाधि होड रोमाञ्चक बन्ने अपेक्षा छ ।
यस्तै मालोर्का लेगानेस एस्पायोज रेलिगेसन जोनमा छन् भने सेल्टा भिगो, आइबार र भाल्लाडोलिस रेलिगेसनबाट सुरक्षित छन् ।
प्रतिक्रिया 4