+
+

लकडाउनमा घरबाहिर निस्कनेहरु …(फोटो फिचर)

शंकर गिरी शंकर गिरी
२०७७ जेठ १८ गते १९:१०

१८ जेठ, काठमाडौं । कोरोना महामारी रोकथामका लागि सरकारले लकडाउन गरेको झण्डै ७० दिन पुगिसक्यो । समुदायमा महामारी फैलिन नदिन मानिस–मानिसबीच दूरी कायम गर्न लकडाउन नै प्रभावकारी उपाय हो ।

सरकारले चैत ११ गते एक हप्ताका लागि सुरु गरेको लकडाउन बढाउँदै बढाउँदै जेठ ३१ गतेसम्म पुर्‍याएको छ । लामो समयको लकडाउनका कारण सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । सरकारले अत्यावश्य सामान किन्न र आकस्मिक रुपमा अस्पताल जानबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

तर साँझ विहानको समय मानिसहरु घरबाहिर निस्किरहेका छन् । घरभित्र बस्दा बस्दा दिक्क भइसकेका मानिसहरु तरकारीलगायत अत्यावश्यक सामान किन्न, पार्कमा टहलिन बाहिर निस्कने गरेका छन् । घरबाहिर निस्कनेहरु पनि सचेत भने देखिएका छन् ।

यसरी निस्कने धेरैजसोले मास्क लगाउने गरेका छन्, सामाजिक दूरी कायम गर्ने गरेका छन् । तर धेरै मानिस बाहिर निस्कदा लापरवाही पनि देखिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?