+
+
Shares

अज्ञात समूहले माछा पोखरीमा विष हाल्दा १० लाखकाे क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १४:३६

१९ जेठ, जनकपुधराम । सिराहाको मिर्चेया नगरपालिका २ स्थित एक किसानकाे माछा पोखरीमा अज्ञात समूहले विष हाल्दा करिब १० लाख रुपैयाँ बराबरकाे क्षति भएको छ।

मिर्चेया २ स्थित रामजानकी मन्दिरको पोखरी ठेक्कामा लिई अरबिन्द सहनी, सोनेलाल सहनी र नागे सहनीले माछा पालन गरेका थिए ।

पोखरीमा झण्डै ५ क्विन्टल माछा उत्पादन भएर निकालिने तयारी गरिरहेकै अवस्थामा अज्ञात व्यक्तिले विष हालिदिएको उनीहरूले बताएका छन् ।

‘पाेखरीबाट माछा निकाल्ने समय भइसकेका कारण एकसाताअघि मात्रै फेरि ६० हजार रुपैयाँको भुरा खरिद गरेर हालेका थियौं,’ माछा पालक किसान नागेले भने, ‘सबै लगानी बर्बाद भयो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?