
१९ जेठ, जनकपुधराम । सिराहाको मिर्चेया नगरपालिका २ स्थित एक किसानकाे माछा पोखरीमा अज्ञात समूहले विष हाल्दा करिब १० लाख रुपैयाँ बराबरकाे क्षति भएको छ।
मिर्चेया २ स्थित रामजानकी मन्दिरको पोखरी ठेक्कामा लिई अरबिन्द सहनी, सोनेलाल सहनी र नागे सहनीले माछा पालन गरेका थिए ।
पोखरीमा झण्डै ५ क्विन्टल माछा उत्पादन भएर निकालिने तयारी गरिरहेकै अवस्थामा अज्ञात व्यक्तिले विष हालिदिएको उनीहरूले बताएका छन् ।
‘पाेखरीबाट माछा निकाल्ने समय भइसकेका कारण एकसाताअघि मात्रै फेरि ६० हजार रुपैयाँको भुरा खरिद गरेर हालेका थियौं,’ माछा पालक किसान नागेले भने, ‘सबै लगानी बर्बाद भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4