Comments Add Comment

पाकिस्तानी उच्च आयोगका दुई अधिकारीलाई २४ घण्टाभित्र आफ्नो मुलुक छाड्न भारतको निर्देशन

१९ जेठ, काठमाडौं । भारतले दुई पाकिस्तानी उच्च आयोगका अधिकारीहरुलाई २४ घण्टाभित्र आफ्नो मुलुक छाड्न निर्देशन दिएको छ । भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार उनीहरुलाई भारतीय अधिकारीले जासुसीको आरोपमा पक्राउ गरेका थिए ।

भारतको दिल्ली प्रहरीका अधिकारीका अनुसार पाकिस्तानी उच्च आयोगका तीन अधिकारीलाई भारतीय सुरक्षासँग सम्बन्धित जानकारी जुटाउने क्रममा पक्राउ गरिएको थियो ।

यस विषयमा भारतीय विदेश मन्त्रालयले पाकिस्तानसँग कडा विरोध गरेको छ । भारतका अनुसार अहिले मुलुक छाड्न निर्देशन दिइएका दुई अधिकारीले भारतको राष्ट्रिय सुरक्षाको विरुद्धमा काम गरिरहेका थिए ।

यसैबीच पाकिस्तानको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर भारतको यो कदमको विरोध गरेको छ । उसले पाकिस्तानी अधिकारीमाथि गलत आरोप लगाइएको भन्दै आफ्ना अधिकारीको बचाउ गरेको छ । भारतले यो कदम दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध घटाउने उद्देश्यका साथमा उठाइएको आरोप पाकिस्तानले लगाएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment