Comments Add Comment

बरुणले किन लिए ‘मिस्टर लेले र रणभूमी’ छाड्ने निर्णय ?

नायक बरुण धवन चलचित्र ‘स्ट्रिट डान्सर’ असफल भएपछि करिअरको बारेमा गम्भिर देखिएका छन् । यहीकारणले गर्दा पनि उनले साइन गरेका २ वटा चलचित्र छाडेको भारतीय मिडियामा उल्लेख छ ।

कमेडी कथामा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’बाट बरुणले हात झिकेका छन् । बरुणले आफूसँग यो चलचित्रका लागि डेट नभएको भन्दै हात झिकेको बताएपनि उनले स्क्रिप्ट चित्त नवुझेपछि चलचित्र छाडेको बताइएको छ ।

निर्देशक शशांक खैतान र वरुणले यसअघि पनि केही चलचित्रमा काम गरिसकेका छन् । वरुणले चलचित्रका निर्माता करण जोहरलाई कथा अहिलेको अवस्थामा खासै नचल्ने बताइसकेका छन् । वरुण यो बर्षका लागि उनका पिताले निर्देशक गरेको कमेडी चलचित्र ‘कुल्ली नम्बर १’ नै दर्शकका लागि पर्याप्त हुने सोचाइमा छन् ।

वरुण अब कमेडी चलचित्र धेरै गर्न चाहँदैनन् । उनी, गम्भिर कथाका चलचित्रमा काम गर्ने सोचका साथ अगाडि बढेका छन् । शशांकसँग वरुणले काम गर्न नचाहेको यो मात्र एक चलचित्र होइन । चलचित्र ‘रणभूमी’बाट पनि बरुणले हात झिकेका छन् । वरुणले यो चलचित्र आफ्नो करिअरका लागि सबैभन्दा महत्वपूर्ण रहेको बताएका थिए । तर, चलचित्र ‘कलंक’ असफल भएपछि उनलाई पिरियड चलचित्रबाट पनि मन उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment