Comments Add Comment

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

२० जेठ, हेटौंडा । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा चौघडाका स्थानीय श्याम बलामी रहेका छन् । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-६ चौघडामा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment