+
+
Shares

केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते ११:४९

२१ जेठ, काठमाडौं । बिरामी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ।

अस्पतालले जारी गरेको सूचनामा बिरामी २ जना र स्वास्थ्यकर्मी २ जनामा कोरोना संक्रमण भएपछि निर्मलीकरणका लागि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द गरेको जनाइएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो । अस्पतालमै गर्भवती जाँच गराउन आएकी भक्तपुरकी एक महिलामा पनि  मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?