Comments Add Comment

बेलायतमा जातीय अल्पसंख्यकलाई कोरोना भाइरसको जोखिम बढी

२१ जेठ, काठमाडौं । बेलायतको एक प्रतिवेदनले जातीय अल्पसंख्यकलाई कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको जोखिम बढी रहेको देखाएको छ ।

पब्लिक हेल्थ इंगल्याण्डले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जातीय अल्पसंख्यकलाई कोरोना भाइरसको जोखिम बढी हुने गरेको पाइएको हो । त्यसका साथै जोखिमको लागि उमेर सबैभन्दा महत्वपूर्ण फ्याक्टर हो भने महिलाभन्दा पुरुषलाई धेरै जोखिम रहेको प्रतिवेदनले देखाएको छ । साथै भूगोल, शरीरमा पहिला नै रहेकेा स्वास्थ्य समस्या भएका मानिसहरुलाई पनि जोखिम बढी रहेको प्रतिवेदनमा देखिएको छ ।

प्रतिवेदनअनुसार एसिया, क्यारेबियन क्षेत्रका मानिसहरु र अश्वेत जातिका मानिसमा कोरोना भाइरसको असर बढी देखिएको छ । तर, उनीहरुमा कोरोना भाइरसको जोखिम बढी देखिनुको कारण भने स्पष्ट हुन सकेको छैन ।

सरोकारवालाहरुले यो प्रतिवेदन ढिला आउनेले जातीय अल्पसंख्या स्वास्थ्यकर्मीका लागि उपयुक्त कदम चाल्न नसकिएको भन्दै सरकारको आलोचना गरेका छन् । बेलायती स्वास्थ्यमन्त्रीले भने जातीय अन्यायको विरुद्धमा विश्वभर आवाज उठिरहेको अवस्थामा यस्तो प्रतिवेदनले अर्को समस्या सृजना हुन सक्ने आशंकाको कारण समयमा नै यो प्रतिवेदन सार्वजनिक नभएको स्पष्टीकरण दिएका छन् ।

प्राध्यापक जोन न्युटनले कोरोना भाइरसको असर अश्वेत र अल्पसंख्यकमा बढी पर्नुको अर्थ त्यसको कारण जातीय नै हुनु जरुरी नरहेको बताए । उनले उक्त जातका मानिसको रोजगारी वा अन्य किसिमको कारणले उनीहरुमा त्यसको असर बढी परेको हुन सक्ने उल्लेख गरेका छन् । उनले यो तथ्यांकको आधारमा निष्कर्षमा नपुग्न सबैलाई आग्रह गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment