+
+
Shares

वीरगञ्जमा अर्थमन्त्रीको विरोधमा अर्धनग्न प्रदर्शन

सुरेश बिडारी सुरेश बिडारी
२०७७ जेठ २१ गते २०:२७

२१ जेठ, वीरगञ्ज । वीरगञ्जमा अर्थमन्त्री युवराज खतिवडाले लिएको कर नीतिविरुद्ध प्रदर्शन गरिएको छ ।

नेकपाका महानगरपालिका कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा वीरगञ्जको घण्टाघरमा अर्धनग्न प्रदर्शन गरिएको हो । अन्सारीको प्रदर्शनमा वीरगञ्जका युवा व्यापारीले साथ दिएका थिए ।

शुरुमा सम्पूर्ण कर मिनाहा गर, व्यापारी मार्न पाईदैन, चुलो निभेको छ, जनता भोका छन्, कर तिर्न सक्दैनौं, लगायतका नारा लेखिएको प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले पछि कपडासमेत खोलेर अर्धनग्न बनेर प्रदर्शन गरेका थिए ।

श्रमजीवी, व्यापारीसँग बाँकी लगाएको कपडा मात्रै हो त्यो पनि लिनुस् भनेर फुकालेर दिएको उनी बताउँछन् । ‘लकडाउनका कारण श्रमजीवि, जनता र व्यापारीसँग कर तिर्ने पैसा त छँदै छैन । भएको एक जोर लगाएको कपडा हो’ उनले भने ‘लगाउने कपडा मात्रै बाँकी रहेकोले करको रुपमा त्यही कपडा दिएर सांकेतिक विरोध जनाइएको युवा नेता अन्सारीले बताए ।

कोरोनाले व्यापारी मारमा परेको समयमा राहत दिनुपर्ने ठाउँमा उल्टै करका लागि ताकेता गर्नु गलत भएको उनी बताउँछन् । ‘कोरोनाले पार्टी, नेता, व्यापारी, मजदुर कसैलाई चिनेको छैन । सबै पीडित छौ । लकडाउनले गर्दा मरिरहेका, ढलिरहेका, उद्योगी व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै यति दिन भित्रमा कर तिर्नुस् भनेर ताकेता गरिएको छ’ उनले भने ‘विरोध गरेपछि समय थपिएको छ, फेरि छुट पनि खारेज गरेर अमानवीय कार्य गरिएको छ ।’

यसअघि वीरगञ्ज उद्योग वाणिज्य संघले पनि आन्तरिक राजश्व विभागले कर विवरण तथा कर बुझाउने सम्बन्धी सूचना जारी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । संघका अध्यक्ष गोपाल केडियाले अर्थमन्त्रीलाई पत्राचार गर्दै यस्ता सूचना जारी गरेर पिडा माथि थप पीडा नदिन आग्रह गरेका थिए ।

कर विवरण, आय विवरण तथा विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्नुपर्ने म्याद जेष्ठ २५ गतेसम्म मात्र तोक्न्ु न्यायोचित नरहेको संघको ठहर छ । ‘असहज परिस्थितिमा उद्योग व्यवसाय नै शिथिल र थिलथिलो पर्न गएको अवस्था छ, यस्तो बेलामा राहत प्याकेज ल्याई उद्योगहरुको पूनरुत्थान गर्नुपर्नेमा त्यस विपरीतको काम भएको छ’ अध्यक्ष केडियाले भने ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?