Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

२२ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस(कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६ हजार ७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २६० जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख १६ हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका नौ हजार ३०४ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार ५८७ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुमा २५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने २०८ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा पनि २३ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ६०६ जनाको मृत्यु भएको छ । गुजरातमा १८ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार १२२ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा ३४५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिँदा २२९ जनाको मृत्यु भएको छ । बिहारमा चार हजार एक सयभन्दा बढी संक्रमित छन् भने २५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसका एक लाख चार हजार १०७ संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment