+
+
Shares

ब्राजिलमा एकैदिन २८ हजार बढी कोरोना संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १२:२९

२२ जेठ, काठमाडौं । ब्राजिलमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का २८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसका २८ हजार ६६३ जना नयाँ संक्रमित फेला परेका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि पाँच लाख ८४ हजार १६ पुगेको छ ।

कोरोना भाइरसबाट विश्वको दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ३२ हजार ५४८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा एक हजार ३४९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारी बढिरहेको समयमा ब्राजिलका अधिकारीहरुले भने सहर तथा राज्यहरु खोल्न थालेका छन् । मंगलबार ब्राजिलका राष्ट्रपति जेयर बोल्साेनाराेले कोरोना भाइरसको कारण मृत्यु भएका मानिसहरुको विषयमा बोल्दै मृत्यु ‘सबैको गन्तव्य’ भएको प्रतिक्रिया दिएका थिए । कोरोना भाइरसको महामारी नियन्त्रणको विषयमा अहिले ब्राजिलमा आन्तरिक विभाजन पनि बढेको छ ।

स्रोत : अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?