+
+
Shares

भारतको चर्चित एटलस साइकल कम्पनी बन्द, सात सयको रोजगारी गुम्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १३:११

२२ जेठ, काठमाडौं । भारतको चर्चित भारतीय साइकल ब्राण्ड एटलस साइकलले बुधबारदेखि आफ्नो सबै उत्पादन बन्द गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले अहिले वित्तीय समस्याको कारण कम्पनीको उत्पादन शुरु गर्न सकिने अवस्था नरहेको बताएको छ । यसअघि कम्पनीले सोही समस्याको कारण आफ्नो सहिबाबाद एकाइ बन्द गरेको थियो ।

भारतको हरियाणामा रहेको कम्पनीले सन् १९५१ मा साइकल उत्पादन शुरु गरेको थियो । सन् २०१४ र २०१८ मा गरी कम्पनीका दुई एकाइ यसअघि नै बन्द भइसकेका थिए । सन् २०१४ को डिसेम्बरमा कम्पनीले आफ्नो मध्य प्रदेशमा रहेको मलानपुरको एकाइ बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सन् २०१८ मा सोनिपटको एकाइ बन्द भएको थियो । त्यसपछि कम्पनीको एउटा एकाइ मात्र सञ्चालनमा थियो । यस्तोमा कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रणका लागि सरकारले लगाएको नाकाबन्दीपछि आर्थिक दबाब खेप्न नसक्ने भएपछि बुधबारदेखि कम्पनीले आफ्नो सबै उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।

बुधबारदेखि कम्पनीका सबै कर्मचारीले छुट्टी पाएका छन् । एक आकलन अनुसार यो कम्पनीमा सात सय कर्मचारी छन् । जसमध्ये चार सयले प्रत्यक्ष र तीन सयले कम्पनीबाट अप्रत्यक्षरुपमा रोजगारी पाउँदै आएका छन् ।

स्रोत : नेशनल हेराल्ड इन्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?