+
+

सय धनाढ्य कलाकारको सूचीमा अक्षय कुमार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते ११:२५

फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूची निकालेको छ । यो वर्ष सर्वाधिक कमाइ गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटीहरूको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्।

अक्षय कुमार यो सूचीको ५२ औं नम्बरमा छन् । नायक अक्षय कुमारले ४८.५ मिलियन डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन् । अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् ।

एक वर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयको हातमा अहिले विज्ञापनको पनि कमी छैन । सामाजिक कथा बोकेका चलचित्रमा काम गरेपछि उनको करिअर चम्किएको छ । यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ ।

यो सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ । उनले यो वर्ष पाँच सय ९० मिलियन डलर आम्दानी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?