+
+
Shares

समयमै काम सकिए ठेकदार र कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते ११:३२

२३ जेठ, काठमाडौं । सरकारले आयोजना तथा सार्वजनिक खरिदका कार्यहरू तोकिएको समयमै नसकिने समस्या समाधान गर्न पहिलोपटक कानुनमा प्रोत्साहनमूलक व्यवस्था गरेको छ ।

सरकारले संसदमा दर्ता गरेको सार्वजनिक खरिद ऐन-२०६३मा सरकारले पहिलोपटक सम्झौता गर्दा तोकिएको अवधिभित्र काम सकिए कर्मचारी र ठेकदारलाई पुरस्कार, प्रोत्साहन सुविधा र प्रशंसापत्र दिने व्यवस्था गरिएको छ।

यो विधेयक जस्ताको त्यस्तै पारित भए सुरुमा निर्धारित समावधिभित्रै गुणस्तरीय रुपमा निर्माणको काम सक्ने व्यवसायीलाई पुरस्कार स्वरुप तोकिए बमोजिमको रकम र प्रशंसापत्र दिने प्रचलन सुरु भएको छ ।

त्यसैगरी समयमै राम्रो काम भएमा सरकारी अड्डाका कर्मचारीको हकमा पनि यस्तै व्यवस्था प्रस्ताव गरिएको छ । खरिदसम्बन्धी काम निर्धारित सुरु समयावधिभित्रै गुणस्तरीय रुपमा सम्पादन गरेर उत्कृष्ट नतिजा प्राप्त भएको आधारमा त्यस्तो खरिद कार्यमा संलग्न कर्मचारीलाई तोकिए बमोजिम प्रोत्साहन सुविधा दिन सकिने व्यवस्था गरिएको छ ।

तर कानुन विपरीत खरिदसम्बन्धी काम गरेको पाइएमा कर्मचारीलाई कारबाही गर्नसक्ने व्यवस्था पनि विधेयकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?