Comments Add Comment

दैलेखको नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा

२३ जेठ, सुर्खेत । धेरै संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि दैलेखको दुई नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

समुदाय स्तरमा कोरोना महामारी फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्केमा कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

भारतबाट फर्किनेको संख्या बढेसँगै दैलेखका नारायण र दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको छ । नारायण नगरपालिकामा बिहीबार मात्र एक सय ८ जनामा संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment