+
+
Shares

कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न सीएमसी तयार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २३ गते १२:१६

२४ जेठ, चितवन । चितवन मेडिकल कलेजले कोरोना संक्रमितहरुको पीसीआर परीक्षण गर्न तयार गरेको जनाएको छ । कलेजले कोरोना संक्रमणको परीक्षण गर्न आवश्यक भौतिक पूर्वाधार तयार गरिसकेको जनाएको छ ।

सरकारले अनुमति दिए कोरोना परीक्षण गर्न समक्ष भएको कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले बताए । कलेजका प्रयोगशाला प्रमुख डा. सञ्जय यादवले कोरोना परीक्षणका लागि बिएसएल थ्री ल्याब र आरटि पीसीसआर मेसिन ल्याएर तयारी गरिएको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गत जेठ २२ गते परीक्षण क्षमताको दायरा बढाउन निजी क्षेत्रसँग सहकार्य गर्ने प्रस्ताव आह्वान गरेको छ । प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको निर्देशन अनुसार प्रस्ताव आह्वान गरेको जनाएको छ ।

७ दिनभित्र प्रस्ताव पठाउन भनिए पनि चितवन मेडिकल कलेजले यसअघि नै प्रस्ताव पठाइसकेको कलेजले जनाएको छ । ‘सरकारले अनुमति दिए चितवनमा थप ल्याब चलाउन आफूहरु सक्षम रहेको हामीले जानकारी गराइसकेका छौं,’ प्रवन्ध निर्देशक डा. न्यौपानेले भने, ‘अन्यत्र उपचार हुन नसकेका बिरामीलाई पनि हामीले उपचार गरेका छौं, फर्काएका छैनौं, कोभिडको पनि गर्छौं, हाम्रो स्ट्रेन्थ छ, जनशक्ति पनि छ ।’

उनले सरकारले तोकिदिएको शुल्कमा परीक्षण गर्न तयार रहेको बताए । चितवन मेडिकल कलेजका दुई जना प्राविधिकहरुले अहिले भरतपुर कोभिड–१९ प्रयोगशालामा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?