+
+
Shares

भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २४ गते १८:३९

२४ जेठ, काठमाडौं । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे ।

कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ भेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?